झापामा ८७ करोड बढी बेरुजु
झापा । झापाका १५ वटा स्थानीय तहमा ८७ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । यीमध्ये सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार झापामा मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको देखाएको छ । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि कचनकवल गाउँपालिकामा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात् ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, प्रतिवेदन अनुसार विर्तामोड नगरपालिकामा १० करोड ५५ लाख २८ हजार, भद्रपुर नगरपालिकामा ६ करोड ३० लाख ५६ हजार, शिवसताक्षी नगरपालिकामा ३ करोड ९७ लाख ९७ हजार, अर्जुनधारा नगरपालिकामा ६ करोड ३७ लाख १९ हजार, कनकाई नगरपालिकामा ४ करोड ४१ लाख ४२ हजार, गौरादह नगरपालिकामा ३ करोड ९७ लाख ३८ हजार, दमक नगरपालिकामा ४ करोड १ लाख ८ हजार, गौरीगञ्ज गाउँपालिकामा करोड ९६ लाख ३७ हजार, कमल गाउँपालिकामा ३ करोड ७७ लाख ३८ हजार, झापा गाउँपालिकामा १ करोड १५ लाख ३१ हजार र हल्दिबारी गाउँपालिकामा ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ ।
अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्