समाचार प्रभाव : बाजुरामा पुग्यो रेबिज विरुद्धको खोप
बाजुरा । जिल्ला अस्पताल लगायत बाजुराका अस्पताल तथा स्वास्थ्य संस्थाका लागि रेबिज रोग विरुद्धको खोप आइपुगेको छ।
रेडियो नेपालबाट बैशाख २३ गते ‘बाजुरामा रेबिज विरुद्धको खोप’ अभाव शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको एक हप्ताभित्रै जिल्ला अस्पताल बाजुरामा रेबिज विरुद्धको २० भाइल खोप आइपुगेको हो।

जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थामा करिब ३ साता देखि रेबिज विरुद्धको खोप अभाव हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको थियो। स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा प्रदान गर्ने खोप मध्येको रेबिज विरुद्धको खोप सकिएपछि बैशाख २३ गते अस्पताल बाजुराले एक सूचना जारी गर्दै उक्त खोप अभाव भएको जनाएको थियो।
दैनिक रुपमा आवश्यक भइरहने रेबिज रोग विरुद्धको खोप आइपुगेसँगै स्थानीय नागरिक खुशि भएका छन्।
सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको समाचार प्रकाशित भएको एक हप्ता भित्रै खोप आइपुगेको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्र शेखर यादवले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्