बाजुरामा जिप दुर्घटना, ६ जना घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-६ स्थित कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ।
शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार म १ ज २३३ नम्बरको जीप एक्कासी अनियन्त्रित भई सिउडी खोलामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइते हुनेमा ठेगाना खुल्न नसकेका चालक अन्दाजी २० वर्षका सविन बोहरा, हिमाली गाउँपालिका ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ वर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षीय अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ का विज्ञान सार्की रहेका छन् । घाइतेहरूको अवस्था मध्यम छ भने अहिले कोल्टी अस्पताल कोल्टिमा उपचार भइरहेको छ ।जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी छेउको रुखमा अड्किएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्