प्रतिनिधिसभा बैठक स्थगित,१५ मिनेटपछि पुन बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुन लाग्दा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अर्थमन्त्रीको उपस्थिति विना छलफल अगाडि बढ्न नमिल्ने भन्दै नियमापत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
संसद्को नियमावलीमा छलफलमा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया राख्नुहोस्