तपाईँ सुन्दै हुनुहुन्छः

१३ वर्षमा कर्णाली करिडोरको २२ प्रतिशत मात्र प्रगति

बाजुरा।कर्णाली राजमार्ग अन्तर्गतको कर्णाली करिडोरले १३ वर्षमा २२.६० प्रतिशत मात्र भौतिक प्रगति गरेको महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले देखाएको छ।

राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको खुलालुदेखि सिमीकोट हुँदै हिल्सासम्मको २६९ किलोमिटर सडक निर्माण कार्य आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको थियो। निर्माण कार्य २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अब अवधि बढाएर २०८४/८५ सम्म पुर्‍याइएको प्रतिवेदनमा उल्लेख छ।

सुरुमा १६ अर्ब १० करोड रुपैयाँको लागत अनुमान गरिएको यो आयोजनाको लागत हाल संशोधित भएर १८ अर्ब ६६ करोड पुगेको छ।

प्रतिवेदनअनुसार कुल लम्बाइमध्ये २६८.२ किलोमिटर ट्र्याक निर्माण भइसकेको छ, तर भौतिक प्रगति भने केवल २२ प्रतिशत पुगेको जनाइएको छ।

यद्यपि, अधिकांश भागमा ट्र्याक खुलेसँगै स्थानीय उत्पादनको बजारीकरण र यातायातमा सहजता आउन थालेको छ। दैलेख, कालीकोट, बाजुरा र हुम्लाका धेरै स्थान मुख्य बजारका रूपमा विस्तार भइरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button