तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन: गृहमन्त्री लेखक

राजविराज  ।  गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । 

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भन्नुभयो  । गृहमन्त्री लेखकले भन्नुभयो,  “ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ । ” उहाँले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button