प्रतिनिधिसभा बैठक: विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले साउदी अरबमा चार सय ६९ नेपाली कार्यरत कम्पनी बन्द भएपछि अलपत्र परेका कामदारलाई सकुसल स्वदेश फर्काउन माग गर्नुभएको छ ।
सांसद बर्तौलाले कम्पनी बन्द भएपछि दुई सय २६ जना नेपालीले स्वदेश फर्कन दूतावासमा निवेदन दिइसकेको र उनीहरूलाई खाने, बस्नेलगायत स्वास्थ्यमा समेत समस्या देखिएकाले तत्काल नेपाल फर्काउन सरकारलाई आग्रह गर्नुभयो ।
यसैगरी बैठकको शून्य समयमा सांसदहरुले सिन्धुपाल्चोक, रामेछाप, काभ्रेलगायत मनसुनजन्य विपद्को जोखिममा रहेका जिल्लाहरूमा वर्षा सुरु हुनुअघि नै उचित व्यवस्थापनका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बागमती प्रदेशका अधिकांश जिल्लाहरूमा पटक पटकको बाढीको क्षत्रीले राजमार्ग अवरुद्ध, किसानले लगाएका आलुलगायत बालीको क्षेती भएकाले किसानहरूलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने, सडक स्तरोन्नति गर्नुपर्ने, राष्ट्र बैकको गभर्नर नियुक्तिको विषयलाई टुङ्गोमा पुर्याउनुपर्ने, स्यानिटरी प्याड आयातमा लगाइएको कर घटाइनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ
प्रतिक्रिया राख्नुहोस्