तपाईँ सुन्दै हुनुहुन्छः

शान्ती सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य हुने छैन: गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ती सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ती सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताउनुभएको छ। 

कोशी प्रदेश  स्तरीय सुरक्षा गोष्ठीको आज बिहान विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले  विकास निमार्ण सँगै मुलुकको हरेक क्षेत्र शान्ती सुरक्षाको  विषयसँग जोडिएकाले उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गर्न सुरक्षा  निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो

 उहाँले बढ्दो साइवर अपराध, लागु औषध प्रयोगका घटनाका कारण शान्ती सुरक्षामा चुनौतीमा थपिएकाले यस्ता विषयमा अध्यक्ष विश्लेषण गर्दै सुरक्षाका नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

 एक प्रसङ्गमा उहाँले संविधान  र व्यवस्था विरोधी गतिविधि कुनै पनि हालतमा स्विकार्न नहुने बताउनुभयो । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट आएको यो व्यवस्था र संविधानलाई उल्टाउने प्रयास भइरहेको यस्ता गतिविधि गरेर शान्ती सुव्यवस्था खलबलाउने जो कोइलाई पनि कानुनको दायरमा ल्याइने उहाँको भनाई थियो ।

उहाँले सुशासन कायम गर्न नेपाली जनतालाई केन्द्र विन्दुमा राखेर   सरकारी कार्यालयहरूले सेवा प्रभा गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रमा नेपाली नागरिकले धेरै ठुलो आशा नगरेको बत्ताउँदै जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा आउने  सेवाग्राही निराश भएर फर्कने वातावरण आउन दिन नहुने उहाँले आग्रह गर्नुभयो ।

उहाँले सरकारी कार्यालय हरुले छिटो छरितो रुपमा सेवा प्रभा गरेर नेपाली जनतालाई सुशासनको अनुभूति कायम गर्नुपर्ने बत्ताउनुभयो । मोरङ जिल्लाको सिमाक्षेत्रमा तस्करी हुने गरेको गुनासो आएकाले एक महिना भित्र तस्करी नरोकिए मन्त्रालय कडा रुपमा प्रस्तुत हुने मन्त्री लेखकको भनाई थियो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री  हिकमतकुमार कार्कीले, अहिले देखिएको सुरक्षा चुनौतीको सामना गर्न प्रविधिमैत्री सुरक्षा नीति आवश्यक रहेको बताउनुभयो । सुरक्षा  स्थिति सहज भएमामात्र सुशासन कायम हुने बत्ताउँदै मुख्यमन्त्री कार्कीले शान्ती सुरक्षामा खटिने कर्मचारीको वृद्धि विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले कोशी प्रदेसको शान्ती सुरक्षा थप सुद्धिढ बनाउन गोष्ठी आयोजना गरिएको बताउनुभयो।

गृहमन्त्रालय र आन्तरिक मामिलातथा कानुन  मन्त्रालय कोशी प्रदे्सको आयोजनामा भएको एक दिने सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनाका प्रमुख लगायतका सुरक्षा कर्मीहरूको सहभागिता रहेको छ । गोष्ठीले १४ वटै जिल्लाको सुरक्षा अवस्था विश्लेषण गर्दै सुरक्षा रणनीति तयार पार्ने जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button