मधेश प्रदेशका मुख्यमन्त्री स्वास्थ्य संस्थापछि विद्यालय अनुगमनमा
जनकपुरधाम । मधेश प्रदेशको शिक्षामा सुधार ल्याउनका लागि मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालयको अनुगमको आजबाट शुरुआत गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले आज बिहान धनुषाको हंसपुर नगरपालिकामा रहेका एक प्राथमिक तथा एक माध्यमिक तहको विद्यालयको स्थलगत अनुगमन गरेर समग्र शैक्षिक अवस्थाका विषयमा जानकारी लिनुभयो ।
मुख्यमन्त्री सिंहले शिक्षाको मेरुदण्ड भएका विद्यालय तहको शिक्षामा सुधार नभएसम्म अन्य क्षेत्रको शिक्षाको अवस्था सुधार नहुने भएकाले विद्यालय तहको शिक्षामा सुधारका लागि अनुगमन गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्