तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ता राज्यलाई फिर्ता गरेका पौडेल मरणोप्रान्त सम्मानित

दोलखा । पौडेल वंश महासङ्घ नेपालले आफ्नै परिश्रमबाट खान पुग्ने भन्दै सरकारले दिएको सामाजिक सुरक्षा भत्ता राज्यलाई नै फिर्ता गर्ने दोलखा मेलुङका खिलहरि पौडेललाई मरणोपरान्त सम्मान गरेको छ । 

पौडेल वंश महासङ्घ नेपाल दोलखाको दोस्रो अधिवेशनको अवसरमा स्व. खिलहरि पौडेललाई सम्मान गरिएको पौडेल वंश महासङ्घ नेपाल दोलखाका अध्यक्ष दिलसागर पौडेलले जानकारी दिनुभयो । स्व. पौडेललाई प्रदान गरिएको सम्मान उहाँको परिवारलाई हस्तान्तरण गरिएको थियो । 

संस्कृत भाषाका अब्बल खिलहरि पौडेल नाम चलेका पण्डित हुनुहुन्थ्यो । दोलखाको मेलुङ गाउँपालिका–६ सिम्रास निवासी खिलहरि पौडेलको निधन ९४ वर्षको उमेरमा तीन महिना अघि मात्र भएको थियो । 

सामाजिक सुरक्षा भत्ता लिनुपर्छ भनेर गाउँपालिकाका कर्मचारीहरूले घरमै पुगेर सम्झाउँदा पनि स्व. खिलहरि पौडेलले आफूलाई खान पुग्ने सम्पत्ति रहेकोले आफूले पाउने भत्ता गरिब तथा विपन्न परिवारलाई दिनु भनि राज्यलाई नै फिर्ता गरिदिनु भएको स्व. पौडेलको बुहारी मञ्जु पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button