सेती नदिमा १० वर्षीय बालक डुबेर बेपत्ता
डोटी । सेती नदिमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन् । आज (मङ्गलवार ) १:४० बजेको समयमा जिल्लाको दिपायल सिलगढी नगरपालिका-१ श्रीखोलीशैन बस्ने रमेश बि।क।का छोरा १० वर्षीय छोरा अमित बि.क बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार सोही ठाउँ झोलुङ्गे पुल नजिक सेती नदिमा नुहाउने क्रममा बालक बगी बेपत्ता भएको जनाएको छ ।
घटना स्थलमा प्रहरी नायव निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा ७ जनाको टोली खटिई बालकको खोजिकार्य भइरहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्