तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगा नगरको अत्याधुनिक भवन सहित ८ ओटा वडा कार्यालय भवनको उद्घाटन

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको चारतले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ ।

बुढिगंगा विकास कचहरी कार्यक्रमकै बिच नगरपालिका भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नु भएको हो। सो भवन निर्माणमा कुल लागत १० करोड ५५ लाख ५ सय ३४ रुपियाँ खर्च भएको नगरप्रमुख रामबहादुर बाँनियाले बताउनुभयो । हलसहित २४ कोठा रहेको चार तले प्रशासकीय भवनमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखी लिफ्ट समेत जडान गरिएको छ ।

बुढीगंगा नगरपालिकाले बाजुरा जिल्लामै पहिलो पटक १० वटै वडा कार्यालय समेत निर्माण गरिसकेको छ । भने सीप विकास कार्यालय र स्वास्थ्य केन्द्र पनि बनाइएको छ ।  वडा नम्बर १ र ८ बाहेकको ८ वटा वडा कार्यालय भवनको बुढिगंगा बिकास कचहरी कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएका छन्।

ती भवनको सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख देवराज जोशी, प्रदेश सभा सदस्य तथा प्रदेशसभाका पूर्वमन्त्री नरेशकुमार शाही, प्रदेश सभा सदस्य पदमबहादुर शाही, प्रतिनिधि सभाका पूर्व सदस्य लालबहादुर थापा, संविधानसभाका सदस्य द्वय पेम्वा भोटे शेर्पा, वसुन्धरा रोकाया प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सभाका पूर्व सदस्य बलदेव रेग्मी लगायत विशिष्ट व्यक्तिहरूले उद्घाटन गर्नुभएको थियो । यो सँगै ११ बुद्धे प्रतिबद्धता सहित बुढिगंगा नगरपालिकाले आयोजना गरेको समृद्धिका लागि विकास कचहरी कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button