महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयुर्वेद शिक्षा

दोलखा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रहरूले प्रदान गर्ने सेवा, स्वास्थ्य जीवन शैली, खानपान, आहर– विहार लगायतको विषयमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोजकुमार चौधरीले बताउनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको सञ्चालक समिति अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैलुङ गाउँपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, उपप्रमुख पार्वती कार्की, प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोज कुमार चौधरी र वरिष्ठ कविराज निरीक्षक विमल कुमार श्रेष्ठले आयुर्वेद सम्बन्धि विभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा शैलुङ गाउँपालिका भित्रका ५५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्