स्वार्थ र धोकाको कथा बोकेको ‘स्वार्थी संसार’ सार्वजनिक
काठमाडौँ I गीतकार नारायण खतिवडाको शब्द रचना रहेको नयाँ गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ।
गीतमा लोकप्रिय गायक स्वरूपराज आचार्यले स्वर दिनुभएको छ भने यस गीतको सङ्गीत सिर्जना लक्ष्मण शेषले गर्नुभएको छ। शेषले यो गीत मार्फत लामो समयपछि सङ्गीतको क्षेत्रमा पुनरागमन गर्नुभएको छ।
वास्तविक घटनामा आधारित यो गीतले धेरै मानिसहरूले आफ्नो जीवनकालमा अनुभव गरेको स्वार्थ र धोकाको भावलाई समेटेको छ। ‘स्वार्थी संसार’ लाई नमस्ते नेपाल डिजिटल स्टुडियोको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।
गीत, कविता, मुक्तक र समसामयिक लेख रचनामा सक्रिय गीतकार नारायण खतिवडा सरकारी सेवामा कार्यरत हुनुहुन्छ। उहाँका यसअघि पनि थुप्रै गीतहरू बजारमा आइसकेका छन्।
सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घटना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियता जस्ता विषयलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने खतिवडाको लेखन शैली परिचित छ। यसै क्रममा ‘स्वार्थी संसार’ पनि एउटा उत्कृष्ट सिर्जना बनेको छ, जसले मानवीय सम्बन्धमा देखिने स्वार्थलाई उजागर गरेको छ। लक्ष्मण शेषको सङ्गीत र स्वरूपराज आचार्यको सुमधुर स्वरले गीतलाई थप मार्मिक बनाएको छ।
प्रतिक्रिया राख्नुहोस्