माओवादीले प्रस्ताव गरेको राष्ट्रिय गौरवको आयोजना प्रभावकारी बन्यो: प्रचण्ड
पाँचथर । नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको राष्ट्रिय गौरवको आयोजना प्रभावकारी बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र पाँचथरले सदरमुकाम फिदिममा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । पाँचथर देखी बैतडीसम्म जोड्ने मध्य पहाडी लोकमार्ग र पुर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने तमोर करिडोरको प्रस्ताव माओवादीले गरेको प्रचण्डले दाबी गर्नुभयो ।
माओवादीले प्रस्ताव गरेपछि यी राष्ट्रिय गौरवको आयोजनाको सुरुवात भएको प्रचण्डको भनाई छ । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न माओवादीले अभियान चलाएर इतिहास रचेको दाबी गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणमा सधैँ लागी पर्ने प्रचण्डको भनाई छ ।
सामाजिक सुरक्षा कोष लागु गर्न, बैङ्क व्याज घटाउन, रेमिट्यान्स बढाउन तथा देशको आर्थिक सुदृढीकरण गर्न माओवादी सरकारमा रहेको बेला विशेष भूमिका रहेको उहाँले बताउनुभयो ।
आगामी चुनाव एक्लै लडेर देशकै पहिलो पार्टी बन्ने दाबी गर्दै उहाँले पार्टी एकता र सुदृढीकरण गरी अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्