तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट (बागलुङ) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ ।

‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल सच्चिएर एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button