तपाईँ सुन्दै हुनुहुन्छः

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले यही बैशाख २७ देखि ३१ गतेसम्म लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्ने भएको छ ।

नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रूपान्तरणमा योगदान पुर्याउने हेतुले समिट आयोजना गर्न लागिएको युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एशिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने पनि उहाँले बताउनुभयो । 

समिटमा पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएको संकट र यस अन्तर्गत जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगायत विविध पक्षमा विश्लेषण गरिनेछ ।

मिडिया समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या, दक्षिण एशियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एशियासहित विभिन्न ६ वटा मुलुकबाट आएका विषय विज्ञहरुको प्रस्तुती रहने छ । 

अन्तर्राष्ट्रिय मिडिया समिटमा नेपाली पत्रकारहरूले पत्रकारितामा भोग्नुपरेका कठिनाइ, अवसर र चुनौतीमा प्रस्तुती, छलफल र सुझावसहितको निष्कर्ष निकाली लोमान्थाङ घोषणापत्र जारी गरेर कार्यक्रम सम्पन्न गर्ने नेपाल पेस युनियनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button