तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गतेका लागि आह्वान

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक बैशाख ३१ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले  प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले बैठक बोलाउनु भएको हो ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्ने गरी आह्वान भएको जानकारी दिनुभयो ।

 बैठकमा बैठक आह्वान सम्बन्धी सूचनाको जानकारी, समसामयिक विषयमा छलफल र शुभकामना आदानप्रदान हुने प्रदेश सभाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले वैशाख ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button