तपाईँ सुन्दै हुनुहुन्छः

“जन्मभूमिप्रतिको माया “

तनहुँ । तनहुँ जिल्लामा रहेको श्री प्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई शैक्षिक सत्र २०८२ का  लागि आवश्यक सम्पुर्ण शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

 रोजगारको सिलसिलामा बाह्यमुलुकमा रहेका यस विद्यालयका पूर्व विद्यार्थिहरुको समूहले विद्यालयका बाल विकास देखि कक्षा दश सम्मका सम्पुर्ण विद्यार्थिलाई आवश्यक शैक्षिक सामाग्रीद्वारा सहयोग गरेको हो ।

आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीका लागि आवश्यक कापी, कलम, इरेजर लगायतका सामाग्रीहरू सामाजिक अभियन्ता प्रकाश चन्द्र गुरुङले विद्यालयमा हस्तान्तरण गर्नुभएको हो ।

शैक्षिक सामाग्री सहयोगका लागि यस विद्यालयका पूर्व विद्यार्थीहरू श्री पूर्ण थापा ( काजी) , श्री संजु अधिकारी, श्री सुजन खड्गी, श्री राम प्रधान, श्री लक्ष्मण प्रधान, श्री शुक बहादुर शुर्खाली र बिक्रम श्रेष्ठले रकम सहयोग गर्नुभएको थियो । 

त्यसैगरी पोखरा-२२ कालाबाङ्ग पुम्दिभुम्दिका श्री तौ प्रसाद गुरुङ, श्री लक्ष्मी गुरुङ तथा तोल प्रसाद गुरुङ समेत हुनुहुन्छ भने पोखरा -२२ कालाबाङ्ग, पुम्दि-भुम्दिकै श्री प्रकाश चन्द्र गुरुङले शैक्षिक सामाग्री हस्तान्तरणका लागि सहयोग गर्नुभएको थियो । सामाजिक अभियन्ता श्री बबी सिंह, श्री कालिदास दाहाल तथा श्री संजु अधिकारीले छोटो अवधिमै कार्यक्रमको लागि आवश्यक रकम जुटाउनु भएको थियो । 

विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि भएमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने सहयोगी दाताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै भानु नगरपालिका उपप्रमुखका सल्लाहाकार एवं यस विद्यालयका पूर्व विद्यार्थी ध्रुव थापाले यो अभियानलाई निरन्तरता दिन सम्पूर्ण पूर्व विद्यार्थी तथा सामाजिक अभिन्ताहरुलाई ” यस मातृभूमिको माया ” अभियानमा जोडिनको लागि अपिल समेत गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थी , समाजसेवी, राजनीतिक दलका स्थानीय नेताहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button