तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्का: हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

कोलम्बो । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताउनुभएको छ ।  

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभएको छ ।  अन्य छ जना घाइतेहरूको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताउनुभएको छ ।  

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताउनुभएको थियो ।  

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।  

रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button