तपाईँ सुन्दै हुनुहुन्छः

खजुरा गाउँपालिकाको फुस छाना हटाउने अभियान अन्तिम चरणमा

बाँके।बाँकेको खजुरा गाउँपालिकाले ‘एक वडा, एक गौरव’ योजना अन्तर्गत पूर्वाधार विकासका कामहरू तीव्र रूपमा अघि बढाएको जनाएको छ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ले खजुरालाई समुन्नत विकासतर्फ अघि बढाउन योजना कार्यान्वयनमा कुनै कमी नराखिएको बताए। उनका अनुसार पालिकाको आठवटै वडामा गौरवका परियोजना सञ्चालनमा छन्, जसअन्तर्गत सडक पिच गर्ने, भौतिक पूर्वाधार निर्माणलगायतका काम भइरहेको छ।

खजुरा गाउँपालिकाले फुसका छाना हटाएर जस्ताको छाना लगाउने अभियानलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ। अध्यक्ष बिकका अनुसार, पालिकामा फुसका छाना अब अत्यन्तै न्यून छन् र टिनको छानामा रूपान्तरणको काम तीव्र गतिमा भइरहेको छ।

यसबाहेक, निजि क्षेत्रको गौरवको आयोजनाका रूपमा खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको छ। उक्त विश्वविद्यालयका लागि गाउँपालिकाले आफ्नो पुरानो भवन हस्तान्तरण गरिसकेको छ। अध्यक्ष बिकका अनुसार, विश्वविद्यालय सञ्चालनले स्थानीय स्तरमा प्राविधिक शिक्षाको पहुँच विस्तारमा टेवा पुग्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button