तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन ठगीमा संलग्न ७ युवा पक्राउ

जनकपुरधाम । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा ७ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी अनलाइन ठगीमा संलग्न रहेका जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाको धनुषाधाम नगरपालिका वडा नंं १ बस्ने वर्ष २३ का सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका वडा नंं २ बस्ने वर्ष २२ का श्याम सुन्दर महरा, सोही नगरपालिका वडा नंं १ का वर्ष २० को राम कुमार महरा रहेका छन् ।

त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका वडा नंं २ का वर्ष १९ का अमित साह, गौशाला नगरपालिका वडा नंं १ का वर्ष २१ को सुधिर कुमार महतो, सोही वडा वर्ष २२ को रोशन साह र सर्लाही वरहथवा नगरपालिका वडा नंं ७ बस्ने वर्ष २२ का नितेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायबव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई अनलाइनबाट मोवाइल, कपडा लगायतका सरसामानहरु सस्तोमा दिने भन्दै इष्टाग्राम, टिकटक, फेसबुक, ह्वाटस्याप जस्ता सामाजिक सञ्जालमा विज्ञापन दिई सर्वसाधारणलाई विश्वासमा लिएर विभिन्न खाताहरुमा रकम जम्मा गराउने तर सामानहरु नदिने गरेको गुनासो आएपछि धनुषा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेकोे हो ।

उनीहरुले २१ वटा सामानिक सञ्जालमा फेक पेजहरुको निर्माण गरेर विज्ञापन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रहरी जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका १० थान मोवाइल फेला परेको छ । त्यस्तै, उनीहरुले सामानहरुका लागि अग्रिम भुक्तानी लिने गरेको, बिभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर खाता खोल्न लगाउनुका साथै मोबाइल बैंकिङ समेत खोल्न लगाई त्यसमा रकम मगाएर सामाजिक सञ्जाल बन्द गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले विभिन्न व्यक्तिको नागरिकता, पान नम्बर, व्यक्तिको नाम तथा फोटो किर्ते गरि सर्वसाधारणहरुलाई सामाजिक सञ्जालमार्फत विश्वासमा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनलाईन ठगीको आरोपमा पक्राउँ परेकाहरुको मोवाइलवाट विभिन्न बैंक तथा वित्तिय संस्था तथा वालेट आइडी समेत गरी १८७ वटा खाताहरुको विवरण फेला परेको र उक्त खाताबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रुपैयाँ ८ पेसाको कारोवार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातै जनामाथि ठगी अन्तर्गत मुद्दा चलाई धनुषा जिल्ला अदालतबाट म्याद थप भई काबाही प्रक्रिया अघि बडाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button