तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला-रारा म्याराथनको तयारी पूरा, ५९१ जना खेलाडीको नाम दर्ता

जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा भएको छ ।

कर्णाली स्पोर्ट क्लबको आयोजनामा  हुने जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौँ संस्करणको सबै तयारी पूरा भएको आयोजक टिमद्वारा आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो । ५१ किलोमिटर दुरीको जुम्ला रारा म्याराथन दौड यही बैशाख २७ गते शुक्रबार सुरु हुँदैछ । 

प्रतियोगितामा देश विदेशका गरि जम्मा ५९१ जना  खेलाडी  सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

उहाँका अनुसार पोल्यान्डका १,अमेरिकाका १,फ्रान्सका १,भारतका-२ जना खेलाडी सहभागी हुने छन् । भने सबैभन्दा ठुलो राशिको ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुने छन् ।

त्यस्तै ५ किमी दौड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट-२ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् । 

पाँचथर,काठमाडौँ ,नुवाकोट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी छन् । भने चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ । चेकिङ प्वाइन्ट-खाली पाटन,चौथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाइन्ट तोकिएको छ । 

साथै दविदत्त गणले स्वयंसेवकको रुपमा सहयोग गर्ने छ । म्याराथनका लागि  अनुमानित २८ लाख लाग्ने छ । भने म्याराथनबाट बचेको  रकमबाट कर्णाली स्पोर्ट क्लबको भवन निर्माणमा खर्च गरिने छ । 

धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निःशुल्क प्रदान गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button