तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वार्षिक नीति तथा कार्यक्रमलाई सबै दलका धारणा समेटेर थप व्यवस्थित र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रम नविनता र रुपान्तरणसँगै नेपाली जनातको आयको शुनिश्चितता र सामाजिक न्यायको प्रत्याभुति दिने कार्यक्रममा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त रहेको भन्दै भ्रष्टाचार, कुशासन, विधि विहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने प्रतिबद्धता र इच्छाशक्ति नीति तथा कार्यक्रममा कम देखिएको बताउनुभयो ।


नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरैले सुशासन कायम गर्न ल्याएको दृढताप्रति सरकार खरोरुपमा उत्रने विश्वास व्यक्त गर्नुभयो ।उहाँले केही महत्वपूर्ण विधेयकहरु शिक्षा विधेयक, निजामति विधेयक, पहरी विधेयकजस्ता महत्वपूर्ण विधेयक यसै अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता गरेकाले त्यसलाई परिणाममा पुर्‍याउन संसदबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।


नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम जनताको अपेक्षा सम्बोधन गर्ने, संविधान र संघीयताको मर्म, समावेशी विकासको संभावना तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका ध्यान दिन नसकेको बताउनुभएको छ ।
उहाँले युवालाई उत्साहित गर्ने, बेरोजगार युवा विदेशिन बाध्य भइरहेको अवस्थामा पनि रोजगारी सिर्जना गर्ने, आत्मनिर्भरता बढाउने गरी निती तथा कार्यक्रम आउन नसकेको र अघिल्ला वर्षमा राखिएका जनमुखी कार्यक्रमलाई समेत निन्तरता दिन नसकेको बताउनुभयो।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम यथास्थितीलाई निरन्तरता प्रदान र अकर्मण्यतालाई स्वीकृती प्रदान गर्न कर्मकाण्डीरुपमा प्रस्तुत भएको दस्तावेजमात्रै भएको बताउनुभयो । उहाँले आयात कम गर्ने, व्यापारघाटा घटाउने, कृषि उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने खालका कुनै कार्यक्रम समेट्न नसकिएको टिप्पणी गर्नुभयो ।


सांसद विना जैशवालले नीति तथा कार्यक्रम आम नागरिकको जीवनलाई सहज बनाउने गरी व्यवहारिक र वास्तविकता अनुुसार आउन नसकेको बताउनुभयो ।


सांसद प्रकाश ज्वालाले नीति र बजेटमा समन्वय कायम गर्दै पारदर्शीता, जवाफदेहिता र नतिजामुखी कार्यान्वयनको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।


सांसदहरुले सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, लगायका विषयमा आएका विषयलाई वजेट व्यवस्थापन र कार्यान्वयनमा जोड दिनुभयो ।


सांसदहरुले कृषिलाई आधुनिक र व्यवसायीक बनाइनुपर्ने, कृषि प्रविधिमा जोड दिनुपर्ने, कृषि उत्पादन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेलगायतका खाँचो औंँल्याउनुभयो ।


सासंसदहरु शुशीला श्रेष्ठ, रामप्रकाश चौधरी, योगेन्द्र मण्डल, ज्ञानेन्द्र कार्की, सुुनिता बराल, असिम शाह, अनिशा नेपाली, उदय शमशेर जवरा, मन बहादुर गुरुङ, जीवन परियार लगायतका सासदहरूले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभयो ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button