तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रकविले मन पराएको गीत एआईले गायो

काठमाडौँ । २०६३ सालको माघ महिना । अलकाबस्ती, लैनचौरमा पारिलो घाम लागेको थियो । राष्ट्रकवि माधव घिमिरे राडी ओछ्याएर आँगनमा घाम तापी रहनु भएको थियो । प्राय हरेक महिना कवि गीतकार रमेश पौडेललाई घरमै बोलाई रहनु हुन्थ्यो । राष्ट्रकविलाई मन पर्नुको कारण रहेछ, अरु पत्रकार आए भने कहाँ जन्मनु भयो ? भनेर प्रश्न गर्छन । रमेशले भने, मेरा सिर्जनाको “गमिला हरफ छोएर” रचना गर्भ सोध्छन् ।

काठमाडौँमा आयोजित प्राय: सबै समारोहमा प्रमुख अतिथि राष्ट्रकविलाई नै बोलाउँथे । आयोजक कस्ता हुन ? अपडेट हुन रमेशलाई नै फोन गर्नु हुँदो रहेछ । एकदिन छोरी आकृतिले फोन उठाइछन्- रमेश बाबु खै नानी ? स्कुल पढदै गरेकी आकृतिले टेजिभिजनमा देखेको भरमा हजुर राष्ट्रकवि बोल्नु भएको हो ? हो, नानी- कसरी चिन्यौ ? मैले हजुलाई टिभिमा चिनेकी । राष्ट्रकविसित बोल्न पाएकोमा आकृति छक्क परिन । रमेशले कुरा गर्न थाले । समारोहकै आदि इत्यादि कुरा भए । राष्ट्रकविले घरमै बोलाउनु भयो । भर्ररै छापिएको गीतको किताब आभाषित् आलाप बोकेर उनी अलकाबस्ताी लागे ।

राष्ट्रकविले कतिपय गीत आफैँ पढ्नु भयो । अरु गीत रमेशलाई नै पढ्न लगाउनु भयो । केही भो कि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि । ओहो ! यो गीत पो रेकर्ड गर्नु पर्थ्यो त । राष्ट्रकविले थप्नु भयो शक्तिवल्लभलाई सङ्गीत भर्न दिनू । उहाँलाई अन्तराको यो हरफले अझ छोएको रै’छ । मै फर्क्यो कि भन्दा होलान् गाउँमा कोही पस्दा पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।

शक्तिवल्लभलाई किताब दिँदै रमेशले राष्ट्रकविले भनेको कुरा सुनाए । उतिवेला गीत रेकर्ड गर्न निकै खर्च लाग्थ्यो । छोरा, छोरीको विद्यालय शुल्क तिर्ने धौधौको बेला रमेश चुपचाप बसे । ज्वाइँ अमित घिमिरेले बेलायतबाट एआई मै स्नातकोत्तरमा डिस्टिङ्सन ल्याए पछि रमेशलाई हौस्याए । बाबा ! रेकर्ड गर्न बाँकी गीत अब एआई बाटै बनाएर अर्काइभ गर्नुस् । त्यसो त अमितले पहिले देखि नै एआईमा अपडेट भई राख्नु भनेका रहेछन् । तर रमेश एआईले सिर्जनशीलता मार्र्छ भनेर त्यता नलागेका रहेछन् । त्यसो त, रमेश भर्च्युअल दुनियादेखि टाढा भने थिएनन् ।

उनी न्यू मिडिया टेक्नोलोजीमा स्वाध्यायन गर्दै थिए । सुनो एआईको फ्रि भर्सनमा आफ्ना मैलिक गीत हाले । उच्चारण नमिलेपछि चित्त दुखाए । सुनोलाई सही उच्चारण कसरी गराउन सकिन्छ भन्नेतिर लागे रमेश । यही गीतमा “केही भो कि”… लाई सही उच्चारण नदिएपछि “केही भयो कि”… बनाउनु पर्‍यो । सुनोले देवनागरी लिपिका कतिपय संयुक्त वर्ण उच्चारणमा बिगार्छ । फ्रि भर्सनमा त्यो सुविधा नमिल्ने कुरो बुझेपछि अमितकै पेइड एकाउण्ट चलाउन थाले । ४/ ५ वटा गीत बनाएपछि चित्त बुझ्‌दो मेलोडीसहित उच्चारण पनि दिन थाल्यो सुनोले ।

पेइड एकाउण्टबाट बनाएको गीतमा यूटुबले कपिराईट नहान्ने रहेछ । राष्ट्रिय भवनाले भरिएको यो गीतको “म्यानुअल्ली लिरिकल” भिडियो बनाए । युटुबमा राम्रै रेस्पोस आयो । साथीहरूले भिडियो पनि एआईले नै बनाइदिएको ठानेछन् । रमेशले भने- हैन नि ! यो भिडियो बनाउन ७ घण्टा लाग्यो । मल्टिमिडियामा गहिरो अभिरूचि राख्ने रमेश भन्छन्- सुनोलाई गीतमा चाहिने आवश्यक निर्देशन दियो भने चाहेजस्तै मेलोडी र स्पष्ट उच्चारण दिने रहेछ ।

म च्याट जिपिटी चलाउँदिन, उहिल्यै लेखेका मौलिक सिर्जनामा मात्रै हाल्छु । गति, यति र लय मिलेका गीतमा ५० प्रतिशत लय शब्दमा नै हुने भएकोले त्यस्ता गीतमा सुनोले अझ मिठो धून दिने रहेछ । यो गीतको लिरिकल भिडियो रमेशले आफ्नै आवरण क्रियशन च्यानलमा राखेका छन् । गीत सुन्ने र हेर्ने लिङ्क तल उपलब्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button