नेपाल-भारत सीमामा सुरक्षाका संयुक्त गस्ती बढाइयो
रुपन्देही । भारत- पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल-भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ ।
सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल-भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताउनुभयो ।

संयुक्त गस्ती र सुरक्षा गस्ती बढाइएको छ एसपी जोशीले भन्नुभयो, एकल गस्ती, सीमा पैदल गस्ती र शङ्कास्पद बस्तु चेक जांचगर्ने काम भएको छ । हाम्रो टोली पनि बढाउने काम गरेका छौँ ।

दैनिकी समन्वय गरि बोर्डर मिटिङ गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । सीमा नाकाबाट नेपाल आउने विवरणहरू यात्रु सबैको चेक जाँच जारी राखेका छौँ डिएसपी न्यौपाने भन्नुहुन्छ, पारी भारत तर्फ जानेको भारतीय एसएसबीले गरिरहेको छ । दैनिक समन्वय गरि बोर्डरको मोनिटरिङ समेत हामी गरिरहेका छौँ ।
प्रतिक्रिया राख्नुहोस्