तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारतको दश गजामा थप कडाइ

जनकपुरधाम । भारतले आज बिहान पाकिस्तानको ९ आतङ्कवादी सेन्टर भएको भनिएको ठाउँमा आक्रमण गरेपछि नेपाल–भारतको सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको छ । 

भारत प्रशासित कश्मीरको पहलगाममा भएको घटना र त्यसपछिको आज बिहानको भारतीय सेनाको आक्रमणपछि दुई देशबीचको थप तनावलाई दृष्टिगत गरेर नेपाल–भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो  ।

नेपाल भारतको खुल्ला सीमानाका कारणले भारतमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखेर नेपाली सुरक्षा अधिकारीहरूबाट सीमा वारपार गर्ने व्यक्ति माथि निगरानी बढाइएको छ 

भारतीय सीमा सुरक्षा अधिकारीहरुले पनि सीमा नाकामा हरेक व्यक्तिहरूको परिचयपत्र माग्न थालेको छ । 

भारतसँग सीमाना जोडिएको ठूला सीमा नाकाहरू पर्साको वीरगञ्ज, बारा विभिन्न नाका, रौतहटको गौर, सर्लाहीको मलंगवा सहितका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसै गरि महोत्तरीको भिठामोड, धनुषाको जटही, सिरहाको माडर तथा सप्तरीको कुनौली नाकामा सुरक्षा सतर्कता बढाइएको विभिन्न जिल्लाका सुरक्षा अधिकारी तथा नेपालबाट भारत जाने सर्वसाधारणहरूले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button