डोल्पाका स्थानीय तहमा १ अर्ब १७ करोड बढीको बेरुजु
डोल्पा । मुलुकमा सङ्घीयता लागू भएसँगै डोल्पाका साबिकको २३ गाविसलाई समायोजन गरि आठ स्थानीय तहको संरचनामा कामकाज भइरहेको छ। संघीय संरचना अनुसार डोल्पामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्।
महालेखा परीक्षणको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९र८० सम्म डोल्पाका आठ स्थानीय तहमा जम्मा १ अर्ब १७ करोड ३ लाख ५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षणको आगामी प्रतिवेदन केही रकम घटबढ हुन सक्ने तर हाल सम्मको आधिकारिक तथ्याङ्क यही रहेको गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ ।
हाल सम्म डोल्पाको ठुलीभेरी नगरपालिकामा ४३ करोड ३७ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ। मुड्केचुला गाउँपालिकामा २१ करोड ५२ लाख ९५ हजार रुपैयाँ बेरुजु रहेको छ। त्रिपुरासुन्दरी नगरपालिकामा १८ करोड ४७ लाख ५७ हजार रुपैयाँ बेरुजु रहेको छ। डोल्पोबुद्व गाउँपालिकामा ११ करोड ६२ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेको छ। काइके गाउँपालिकामा ७ करोड ८३ लाख ३५ हजार रुपैयाँ बेरुजु रहेको छ। छार्काताङसोङ गाउँपालिकामा ६ करोड ५३ लाख ७१ हजार रुपैयाँ बेरुजु रहेको छ।
जगदुल्ला गाउँपालिकामा ४ करोड ४ लाख २५ हजार रुपैयाँ बेरुजु रहेको छ। शे-फोक्सुन्डो गाउँपालिकामा ३ करोड ६० लाख ९४ हजार रुपैयाँ बेरुजु रहेको छ। हाल सम्मको तथ्यांकअनुसार डोल्पाको ठुली भेरीमा सबैभन्दा धेरै बेरुजु र शे-फोक्सुन्डोमा सबैभन्दा कम बेरुजु रहेको पालिका देखिएका छन्। यसो हेर्दा डोल्पाका शे(फोक्सुन्डो र जगदुल्ला गाउँपालिका छिट्टै बेरुजु शून्य बनाउने तयारीमा रहेको आकलन गरिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार अनाआबश्यक कर्मचारी भर्ती गर्ने, नीति निर्माण नगरी योजना वितरण गर्ने, दबाब लोभ लालचमा भुक्तानी गर्ने, आन्तरिक राजस्व सङ्कलनमा ध्यान नदिँदा, कागजात मिलान नगर्दा लगाएतका थुप्रै कारणले बर्सेनि बेरुजु बढ्दै गएको पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्