तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत् सर्ट भई आगलागी हुँदा ७० लाख बराबरको क्षति 

उदयपुर । गए राती विद्युत् सर्ट भएर आगलागी हुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ हडिया मुसहर्नियामा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

स्थानीय सोवित खत्रीको काठको टाटी टिनको छाना भएको  भान्सा घरमा  बिधुत  सर्ट भई आगलागी हुँदा अन्दाजी ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खत्रीको भान्सा घरमा बिद्युत् सट भएर राती साढे १० बजे सुरु भएको आगोले भान्सा कोठामा रहेको सिलिन्डर ग्याँस पड्किँदा खत्रीको घरमा समेत आगो लागेको हो । घरमा लागेको आगोले घर भित्र रहेको सुन, चाँदी, अन्नपात, लताकपडा लगायत सम्पूर्ण धनमाल पूर्ण रुपमा जलर  क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागी बाट कुनै मानवीय र चौपायामा भने क्षति नभएको समेत प्रहरीको भनाई छ ।

भौगोलिक विकटताका कारण ठुलो क्षति भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आगलागी सुरु हुन साथ नगरपालिकाको दमकललाई खबर गरेको भएपनि प्रि–मनसुन सुरु हुन साथ त्रियुगा नदीमा आएको बाढीका कारण हडिया बेल्टार सिधा आवतजावत रोकिँदा दमकल सप्तरीको फत्तेपुर हुँदै जानु पर्ने बाध्यताका कारण समयमा दमकल घटना स्थल नपुग्दा ठुलो क्षती भएको हो । 

पालिकाको केन्द्र बेल्टार बाट आगलागी भएको ठाउँ करिब १३-१४ किलोमिटरको दुरीमा भएको भएपनि दमकलले झन्डै ३०÷३२ किलोमिटर घुमेर घटना स्थल पुग्नु परेको स्थानीयले बताए । 

केही ढिला गरि घटना स्थल पुगेको इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी, चौदण्डीगढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति पौने १ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईले क्षतिको पूर्ण विवरण आई नसकेकोले क्षतिको मूल्याङ्कन बढ्न सक्ने समेत बताउनु भयो ।

आगलागी भएको घरमा सोवित खत्री र उनका दाइ मोहन खत्रीको गरि दुई परिवारका १० जना बस्दै आएका थिए । उनीहरूको सम्पूर्ण धनमाल जलेर पूर्ण रूपले नष्ट भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button