अपराध र तस्करी नियन्त्रण गरी राजस्व र सुरक्षामा कडाइ गर्दै बाँके प्रहरी
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरले तस्करी नियन्त्रणमा सबै सरोकारवाला निकायसँग समन्वय गरेर कडाइ गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै एसपी घर्ती मगरले अपराध र तस्करी नियन्त्रणमार्फत राजस्व वृद्धि र सामाजिक सुरक्षामा प्रहरीले योगदान दिने बताउनुभयो। उहाँले, “म कुरा मात्रै गर्दिन, काम गरेर देखाउने विश्वास दिलाउँछु,” भन्नुभयो।
नेपाल–भारत सीमा क्षेत्र भएकाले भन्सार राजस्व तथा सीमा वारपारका अपराध नियन्त्रण पनि प्रहरीको जिम्मेवारी रहेको उहाँको भनाइ थियो। लागू औषध तथा तस्करीले अन्य अपराधमा पनि वृद्धि हुने भएकाले प्रहरी त्यसको नियन्त्रणमा सक्रिय रहेको उहाँले स्पष्ट पार्नुभयो।
यसै अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाले पनि एसपी घर्ती मगरलाई सम्मान गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्