तपाईँ सुन्दै हुनुहुन्छः

भारत भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाह 

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भारत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । 

साताव्यापी भ्रमण सकेर प्रदेश मुकाम धनगढी पुग्नुभएका मुख्यमन्त्री शाहले छिमेकी मूलक भारतको भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भारत भ्रमणका क्रममा उत्तर प्रदेश र उत्तराखण्डका (समकक्षी) मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ता भएको र सो भेटवार्ता फलदायी रहेको बताउनुभयो । 

भारत भ्रमणका क्रममा सीमा सुरक्षा, नेपाल भारत सम्बन्ध, आपसी हित र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रको विकास तथा लगानी सम्मेलनका बारेमा गम्भीर छलफल भएको र त्यसमा भारतीय सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । 

मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली यही बैशाख १६ गते भारत प्रस्थान गरेको थियो । उक्त टोलीले भारतको नयाँ दिल्ली, लखनउ, देहरादुन, अयोध्या लगायत भ्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button