तपाईँ सुन्दै हुनुहुन्छः

बाँसको लचका बाढीले बगाउँदा सर्वसाधारणहरू समस्यामा

जनकपुरधाम । धनुषा र सिरहा सहितका जिल्लालाई जोड्ने कमला नदिमा बनाइएको बाँसको लचका बाढीले गएराति बगाएपछि सो क्षेत्रका सर्वसाधारणहरू समस्यामा परेका छन् । 

कमला नदीमा निर्माण भएको पुलको उद्घाटन नहुँदै भासिएपछि पुलनजिकै बनाइएको बाँसको लचकबाट दुई जिल्लाका सर्वसाधारणहरूले नदी वारपार गर्ने गरेकोमा गएराति पहाडी क्षेत्रमा भएको वर्षासँगै आएको बाढीले लचका बगाएपछि आवागमन अवरुद्ध भएको हो । 

बाढीको पानी सडक पारिसम्म आइपुगेपछि साना सवारी साधन, मोटरसाइकल र साइकल समेत हिँड्न असम्भव भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । 

कमला पुलको निर्माणका लागि ठेक्का पाएका ठेकेदारको सम्झौता वैशाख १९ गते नै समाप्त भइसकेको छ । अब पुल निर्माणका लागि पुनः ठेक्का गर्नुपर्ने अवस्था रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button