पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित हुनुभएका नेता नेपालको ७१ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको हो ।
केहीदिन अघि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरि आइसियुमा राखेर उपचार गरिएको थियो ।
विसं. २०१० सालमा भोजपुरमा जन्मिनु भएका नेता नेपाल विसं. २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चार राज्यमन्त्री हुनुभएको थियो । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि उहाँले काम गर्नु भएको थियो ।
बिरामी परेपछि पछिल्लो समय उहाँ राजनीतिबाट निष्क्रिय हुनुहुन्थ्याे ।
प्रतिक्रिया राख्नुहोस्