राष्ट्रियसभा बैठक: नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडौँ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज पनि छलफल जारी छ ।

छलफलमा भाग लिँदै राष्ट्रियसभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक भगवती न्यौपानेले जे बोलिन्छ त्यो गरिन्छ भन्ने विश्वासका साथ सरकारले ल्याएको नीति तथा कार्यक्रम सहज कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
प्रमुख सचेतक न्यौपानेले विकासको गति बदलेर मात्रै मुलुकको समृद्धि हासिल गर्न सकिन्छ भन्ने आँकलनका साथ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ऐतिहासिक भएको बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सरकारले नीति तथा कार्यक्रम ल्याउन अगाडि नै सबै दलहरुसँग छलफल गरेर सर्वस्वीकार्य बनाउन सुझाव दिनुभयो ।
राष्ट्रियसभाका नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
यस अघि बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्