राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी–२० र एक दिवसीय वरियता यथावत्
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत् रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुवै फर्म्याटमा १८ औँ स्थानमा छ । ट्वान्टी २० वरियताको शीर्ष स्थानमा भारत कायम छ । यसैगरी अस्ट्रेलिया, इङ्गल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान दोस्रोदेखि १०औँ स्थानमा छन् ।
यता भारत एक दिवसीय वरियताको पनि शीर्ष स्थानमा छ । यसैगरी न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका, अफगानिस्तान, इङ्गल्यान्ड, वेस्ट इन्डिज र बङ्गलादेश दोस्रोदेखि १०औँ स्थानमा छन् ।








प्रतिक्रिया राख्नुहोस्