तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटा बस दुर्घटना अपडेट : एकको मृत्यु, तिन गम्भीर घाइते 

भोजपुर । धरानबाट धनकुटा आउँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । धरानबाट धनकुटा हुँदै भोजपुर तर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको हो । 

बस दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते मध्ये एक जानको मृत्यु भएको छ भने अन्य तीन गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । करिब सवा दश बजेतिर धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाँउ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जाँदै गरेको यात्रु वाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । 

  घाइते मध्ये धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ७३ बर्षिया कृष्ण कुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

बस दुर्घटनामा घाइते हुनेहरिमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १३  का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा १३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका  वडा नम्बर ३ च्याङ्ग्रेका गंगा प्रसाद सापकोटा, भोजपुर नगरपालिका ११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटाको साँगुरीगढी गापा ६ का हंश बहादुर राई, भोजपुरको षडानन्द नगरपालिका ११ का पूर्ण माया तामाङ, भोजपुर नगरपालिका ११ का लिला बहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ का दीर्घ माया राई लगायत रहेको धनकुटा प्रहरीले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button