तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नुभएको छ ।   

आज बिहान बुढानीलकण्ठस्थित देउवा निवास पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नुभएको हो।

सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button