हडतालपछि खुले विद्यालय, शैक्षिक गतिविधि शुरु
जनकपुरधाम । शिक्षकहरूको लामो शैक्षिक हडतालपछि खुलेका सामुदायिक विद्यालयहरूमा विद्यालय भर्ना अभियान शुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ८ को नगर स्तरीय परीक्षाको उत्तर पुस्तिका परीक्षण पनि शुरु भएको छ ।

शुक्रवार भएका कारण विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति भने न्यून देखिन्थ्यो ।
शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आम हडतालपछि सरकारसँग ९ बुँदे सहमति भए पनि बिहीबार मजदूर दिवसको बिदा परेकाले शुक्रबारदेखि विद्यालयहरू सञ्चालनमा आएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्