तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने

काठमाडौँ । सरकारले रङ्गशाला लगायतका भौतिक पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चितता गर्न कानुनी व्यवस्था मिलाउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहयोगमा स्पोर्टस स्कुलको कार्यक्रम सुरु गर्ने उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेसमेत बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button