स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने

काठमाडौँ । स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि सङ्घीय स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन तर्जुमा गरिने बताउनुभयो ।
यसैगरी उहाँले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गरिने र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्