तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ स्थगित

काठमाडौं । आजका लागि तय गरिएको मन्त्रिपरिषदको बैठक र ऊर्जा राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार, दुवै कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।

सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेको थियो। आज बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण हुने भनिएको थियो। तर, कार्यक्रम अचानक स्थगित गरिएको छ। स्थगनको कारण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button