राष्ट्रपति पौडेल र अजरबैजानका उप-विदेशमन्त्री एलनुर मामेडोभबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ (Elnur Mammadov) ले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गर्नुहुँदै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोप -२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उप विदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्