तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ९ महिनामा १७ हजार २३४ पिन्ट रगत वितरण

भद्रपुर । झापामा चालु आर्थिक वर्षको ९ महिनामा बिरामीका लागि १७ हजार २३४ पिन्ट रगत वितरण भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाद्वारा भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसञ्चार केन्द्रमार्फत १७,२३४ पिन्ट रगत बिरामीलाई वितरण गरिएको रक्तसञ्चार सेवा केन्द्र झापा शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा सङ्कलित १६,३२५ पिन्ट र गत आ. व.को मौज्दात गरी १७,२३४ पिन्ट रगत वितरण गरिएको सोसाइटीका कार्यालय प्रमुख हरिशरण खड्काले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले रेडक्रस भवन भद्रपुर, विर्तामोड रेडक्रस भवन र बीएण्डसी हस्पिटलमा गरी तीन ठाउँमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले उपशाखा भवन, लाइफ लाइफलाइन अस्पताल र आम्दा अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ । 

नेपाल रेलको सोसाइटी जिल्ला शाखा झापाले २०३९ सालदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने दमक उपशाखाले २०५३ सालदेखि रक्त सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

झापामा सञ्चालित ६ वटा रक्तसञ्चार सेवा केन्द्र मा २६ जना प्राविधिकहरूले काम गर्दै आएका छन् ।

यसैबीच, झापा शाखामा सञ्चालित रक्त सञ्चार सेवामा अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button