अवैध अफिम खेती नष्ट गर्ने अभियानलाई तीव्रता (फोटो फिचर)

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अवैध अफिम खेती नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

पछिल्लो पटक मात्र प्रहरीले २ सय ३३ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमेश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश आठविसकोट नगरपालिकाका विभिन्न ठाउँहरूमा लगाइएको अफिम फडानी गरिएको हो । त्यससँगै सानीभेरी र बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अफिम पनि फडानी गरिएको छ ।

प्रत्येक वर्ष खेती गरिएको अफिम फडानी गरेपनि खेती गर्ने व्यक्ति तथा समूहलाई प्रहरीले पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्