तपाईँ सुन्दै हुनुहुन्छः

‘कम्युनिष्ट पार्टी समानतामूलक समाज निर्माणको अगुवाइ गर्दै अघि बढेको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी समृद्ध र समानतामूलक समाज निर्माणको अगुवाइ गर्दै अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीले स्थापनादेखि नै परिकल्पना गरेको समानता सहितको समृद्ध र शान्तिपूर्ण समाज निर्माणको निरन्तरतामा आफ्नो पार्टी लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीलाई अघि बढ्न नदिई विभाजन गर्ने र षडयन्त्र रच्नेहरू विरुद्ध पार्टीलाई बचाएर सफलतापूर्वक कम्युनिष्ट आन्दोलनलाई अघि बढाइएको पनि बताउनुभयो ।

यस्तै प्रधानमन्त्री आलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामा असहमतिमा नभई स्वास्थ्यका कारण दिनुभएको स्पष्ट पार्नुभयो ।

शिक्षामन्त्रीको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोमा असन्तुष्टि जनाउनुहुँदै प्रधानमन्त्री ओलीले अन्य थरी प्रचारबाजी गर्नुको औचित्य नरहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको सन्दर्भलाई समेत सरकार ढल्छ भन्ने किसिमका प्रचार भएको टिप्पणी गर्नुहुँदै सहमति अनुसार आफूले सत्ता हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button