तपाईँ सुन्दै हुनुहुन्छः

मणिमुकुन्द कप इन्डो–नेपाल भलिबल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी

रुपन्देही । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द भलिबल कप पुरुष इन्डो नेपाल क्लब च्याम्पियनसिप प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेका छन् ।

नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल सङ्घबिच भएको खेलमा पुलिस क्लबले जिन निकालेको हो । प्रतियोगितामा २५–११, २२–२५, २३–२५, ३०–२८, १५–९ बनाएर पुलिस क्लब विजयी भएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका रविन चन्दलाई नगदसहित सम्मान गरिएको थियो ।

दोस्रो खेल भने त्रिभुवन आर्मी क्लबले जितेको हो । दुई विभागीय एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेलमा आर्मीले जित निकालेको हो । प्रतियोगितामा २७–२५, २८–३०, २१–२५, २५–२१, १५–१२ बनाउँदै जित निकालेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल आर्मीका सुनिल बोहोरा मेन अफ म्याच हुन सफल भएको अफिसियल रेफ्री रामबहादुर थापाले बताउनुभयो ।

उहाँलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र पाउने छन् । दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र हात पार्ने छन् । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र पाउने छन् । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ कप प्रमाणपत्र हात पार्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार मेडल प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा विधागततर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार मेडल प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरुङले बताउनुभयो । ६ गतेबाट सुरु भएको प्रतियोगिता १३ गते सम्म सञ्चालन हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले बताउनुभयो । प्रतियोगितामा विभिन्न विदेशी खेलाडीको सहभागिताले खेल रोचक हुने आयोजकको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button