तपाईँ सुन्दै हुनुहुन्छः

‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग

काठमाडौँ । दलित समुदायका अगुवाहरूले ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा आज धर्ना दिएका छन् । 

नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरूले ‘पिछडिएको समुदाय (ओविसि) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

महासङ्घका अध्यक्ष गजेन्द्र ठाकुरले तीन वटै विकास समितिमा रिक्त रहेको पदमा जतिसक्दो चाँडो  पदाधिकारी नियुक्ति गर्नुपर्नेमा जोड दिनुभयो । तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई पुनः नियुक्ति गर्नुपर्ने उहाँको भनाइ छ । 

महासङ्घले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरणको लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र (ओबिसि) आरक्षण लागू गर्नुपर्ने, सरकार र नेपाल पिछडावर्ग ९ओबिसि० महासङ्घ, दलित सङ्घ तथा वादी समुदायबीच भएको सम्झौता लागू गर्न सरकारसँग अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button