तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । 

नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त उहाँले भन्नुभएको छ, “नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाईचारा, दीगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने हार्दिक कामना गर्दछु ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button