तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका उपकुलपति केसर जङ्ग बरालले दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपकुलपति बरालले केही दिनअघि पदबाट राजीनामा गर्नुभएको थियो । उहाँको राजीनामाको कारण भने प्रष्ट भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button