काँग्रेसको सङ्गठन सुदृढ बनाउन नेता निधिको आग्रह
जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाली काँग्रेसलाई मजबुत बनाउनका लागि सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्ताहरुसंग आग्रह गर्नुभएको छ ।

आफ्नै निजी निवासमा नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिँदै जनताको मन जित्ने गरी घर घरमा पुग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसको सङ्गठनलाई सुदृढ बनाउन वडा अधिवेशनहरू व्यापक सहभागितासहित सम्पन्न गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्